बागमती खोलाले बगाउँदा एकजनाको मृत्यु

साझाकुरा
२०८० श्रावण १, सोमबार ११:३३

हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिकामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाएर स्थानीय वडा नम्बर १ का लघुदोर्जे दोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । खोला तर्ने क्रमाम ४६ वर्षका दोङको मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता टेकबहादुर कार्कीले बताए । खोलाले बगाएर मृत्यु भएको दोङको शव निकालिएको र पोष्टमाटमका लागि हेटौंडा ल्याइएको मकवानपुर प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*