इन्द्रसरोबरको एक घरमा आगलागी
हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.२ सुलिकोटमा एक घरमा आगलागी भएको छ । सोमबार साँझ ६ बजे स्थानीय ६८ बर्षीय चन्द्रबहादुर वाईबाको काठ, ढुंगामाटोले बनेको दुई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार अचानक बिजुली सर्ट भएर घरमा आगलागी भएको र ग्यास सिलिण्डर समेत पड्किएको थियो । स्थानीय र प्रहरीको सहयोगमा करिब डेढ घण्टा अर्थात साँढे ७ बजे घरमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मानवीय तथा चौपयक्षति भएको छैन भने आगोलागीबाट घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा, एक तोला सुन र नगद ३० हजार गरी करिब ७ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।







