भन्सार छलेर ल्याएको काजु र कपडा बरामद

साझाकुरा
२०८० श्रावण १, सोमबार १२:०५

हेटौंडा- भन्सार छली ल्याएको काजु र कपडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट बरामद गरेको छ ।गएराति रातोमाटे चेकपोष्टस्थित वीरगञ्जबाट हेटौंडातर्फ आउँदैको यात्रुबाहक बसबाट बिलबिजक नभएको काजु २४ किलो र १००० थान लेडिज कुर्थासुरुवाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बसको पछाडिको डिक्कीभित्र लुकाईछिपाई ल्याएको अवस्थामा बरामद गरिएको हो । बरामद गरिएको लेडिज कुर्था ३ लाख ५० हजार र काजु २८ हजार ८०० मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त अबैध कपडा तथा काजु आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*