हेटौंडा बसपार्कबाट ९ जना पक्राउ

साझाकुरा
२०८० श्रावण २, मंगलवार ०९:२५

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडाको बसपार्कबाट ९ जना युवायुवाती पक्राउ परेका छन । आइतवार राती हेटौंडा–१० बसपार्क टिसिएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट आपत्तिजनक अवस्थामा ९ जना युवायुवती पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आपत्तिजनक अवस्थामा राती होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

स्थानीयवासीका अनुसार प्रहरी पुगेपछि होटलबाट दुईजना भागेका थिए । प्रहरीले अहिलेसम्म घट्नाबारे थप बिवरण सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट एक मिनेटको दुरीमा सडकमै आपत्तिजनक क्रियाकलाप भईरहदा पनि प्रहरीले नियन्त्रणको कुनै प्रयास नगरेको यहाँका स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी विट समेत बसपार्क क्षेत्रमै रहेपनि यहाँका होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीय बताउँछन् ।

छिमेकी मुलुक भारतको बिहारमा मदिरा सेवन रोक लगाईए पछि अहिले हेटौंडामा बिहारबाट मदिरापान गर्न तथा अनैतिक कार्यका लागि युवाहरु आउने गरेका छन् । हेटौंडाको बसपार्क क्षेत्रमा पछिल्लो समय देहव्यपार मौलाएको छ । बसपार्कको बिभिन्न होटलमा होटल संचालक तथा एजेन्टको मिलोमत्तोमा उमेरै नपुगेका साना बालिकाहरु प्रयोग हुने गरेको तथ्य खुलेको छ ।

आइतवार राती हेटौंडा–१० बसपार्क टिसिएन क्षेत्रमा रोडमै खुलेआम अनैतिक क्रियाकला तथा मोलमोलाई भएपछि त्यहाँका स्थानीयले प्रतिकार गर्नुका साथैं प्रहरी बोलाएर घट्नाबारे जानकारी गराएका थिए । यहाँका एक स्थानीयले भने–व्यवसाय गर्न पाइयो तर, खुलेआम देहव्यपार हुनुभएन । परिवारसँग साँझ घरबाहिर निस्कन नसकिने स्थिति भयो, ति स्थानीयले भने हेटौंडाको टिसिएन क्षेत्रमा गलत क्रियाकलाप बढ्यो । कोभिड–१९ पछि हेटौंडामा देह व्यवपार मौलाएको यहाँका स्थानीयको भनाई छ ।

प्रहरीले गेष्ट हाउस संचालक हेटौंडा–२ बस्ने ४१ बर्षीय बिक्रम श्रेष्ठ सहित ७ जना महिलालाई नियन्त्रणमा लिएको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीले गेष्ट हाउसबाट हेटौंडा उपमहानगरपालिका–१ चाईना क्वाटर बस्ने २६ बर्षीया प्रमिला लामा, हेटौंडा–११ थानाभ¥याङ बस्ने २२ बर्षीया पूजा लामा, भीमफेदी गाउँपालिका–२ बस्ने २३ बर्षीया ममता लामालाई होटलबाट नियन्त्रणमा लिएकोप्रहरीले बताएको छ ।

त्यस्तै सुनसरी ईटहरी नगरपालिका–१० बस्ने २१ बर्षीया बिनिता राई, धरान उपमहानगरपालिका–१० बस्ने २० वर्षीय सुवर्ण राई, चितवन भरतपुर महानगरपालिका–११ बस्ने २१ बर्षीय आशु दराई, ईलाममाई नगरपालिका ८ बस्ने २६ बर्षीया मन्जिला शेर्पालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*