सवारी दुर्घटनामा दुई जनाको मृत्यु

साझाकुरा
२०८० श्रावण २, मंगलवार ११:१३

हेटौंडा- मकवानपुरको जिल्ला प्रहरी कार्यालय अगाडि सोमबार साँझ भएको सवारी दुर्घटनमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय अगाडिको मोडमा शिवम सिमेन्टबाट थानाभ¥याङतर्फ जादै गरेको ना.६ ख ८८९० नं.को ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो । हेटौडा–१० का ६३ बर्षीय लालबहादुर घिसिङलाई बाटो क्रस गर्दै गरेको अवस्थामा ट्रकले ठक्कर दिदा दुबै खुट्टा र टाउकोमा चोट लागेको थियो ।

ठक्करबाट गम्भिर घाइते भएका घिसिङलाई उपचारको लागि हेटौडा अस्पताल पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घिसिङको शव हेटौंडा अस्पतालमा रहेको, ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरीनिरीक्षक बिक्रम खड्कामगरको कमाण्डमा १५ जनाको टोली खटिएको प्रहरीले बताएको छ ।

यसैगरी जीतपुरसिमरा–२३ स्थित चुरियामाई नजिकै पूर्वपश्चिम राजमार्ग सडक खण्डमा हेटौडाबाट बीरगंज जाँदै गरेको प्र.२–०३–०१२ प ८८५० नं.को मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा–१५ का ३५ वर्षीय शंकर तामाङको मृत्यु भएको छ । मोटरसाइकल सडकको बाँया साईडबाट करिब ३० फिट तल खसेको प्रहरीले बताएको छ । घाइते तामाङको उपचारको लागि हेटौडा अस्पताल ल्याइएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*