आश्रम र मामाघर नेपाललाई सहयोग
हेटौंडा- वृद्धवृद्धालाई आश्रय दिइरहेको ओम वृद्धाश्रम र बालबालिकाको भविष्य देखाइरहेको मामाघर नेपाललाई मकवानपुरका इन्जिनियरहरुले सहयोग गरेका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसन, बागमती प्रदेश समितिले ६१ औं इन्जिनियर दिवसको अबसरमा मंगलबार हेटौंडा–१, स्थित आश्रम र ११ नम्बर वडामा रहेको मामाघर नेपाल पुगेर सहयोगी हात फैलाएका हुन् ।
इन्जिनियरहरुले मामाघर नेपालमा मंगलबार बिहान–बेलुकाको खाना व्यवस्थापन र ओम वृद्धाश्रममा हस्पिटल बेड एउटा र बिहान–बेलुकाको खाना खुवाएको इन्जिनियर बिक्रम खतिवडाले जानकारी दिए । ६१ औं इन्जिनियर दिवसको अबसरमा मंगलबार हेटौंडामा प्राविधिक विषयमा सेमिनार र सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो ।
एसोसिएसनले सामाजिक उत्तरदायित्व अन्तर्गत् सहयोग प्रदान गरेको जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश समिति सभापति रोहिनी पौडेल, सचिव दिनेश न्यौपाने, सहसचिव विजय थापा, कोषाध्यक्ष विपिन भुषाल, सेन्टर फर्स डेमोक्रेटिक इन्जिनियर्स नेपाल बागमती प्रदेशका निर्वतमान सचिव बिक्रम खतिवडालगायतको उपस्थिति थियो । ओम आश्रममा २५ जना आश्रित छन् । जसमध्ये महिला ५ जना र २० जना पुरुष रहेको आश्रममा कार्यरत् स्टाफ नर्स शान्ति तिमल्सिनाले जानकारी दिइन् ।







