२४ जनाले दिए रगत

साझाकुरा
२०८० श्रावण ४, बिहीबार १०:२४

हेटौंडा-मारवाडी युवा मञ्च हेटौंडाको आयोजनामा बुधबार भएको रक्तदान कार्यक्रममा २४ जनाले रगत दिएका छन् । हेटौडाको बुद्धचोकमा आयोजित कार्यक्रममा २१ जना पुरुष र ३ जना महिला गरी २४ जनाले रक्तदान गरेका थिए ।मञ्चका अध्यक्ष शसांकराज चनानीको अध्यक्षतामा भएको कार्यक्रममा मारवाडी एशोसियसन मकवानपुरका अध्यक्ष अध्यक्ष राजेन्द्रकुमार तायलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि तायलले रक्तदान जस्तो पबित्र कार्यले समाजमा पुण्य कमाईनेमा जोड दिए । उनले आगामी दिनमा यस्तै सामाजिक कार्य गर्न सबैमा आग्रह समेत गरे ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य राहुल जालन, राजेशकुमार अग्रवाल, समाजसेवी सीताराम बतौला, मारवाडी महिला मंचकी अध्यक्ष सुनिता शर्मालगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।अंजनी अग्रवालको संयोजकत्वमा भएको कार्यक्रममा बिश्वहिन्दु परिषद् सदस्य श्रवणकुमार चनानी, योग्यप्रसाद कँडेल, शभ्मुप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*