बजारको मुख्यचोकमा राखिएका अधिकांश सीसी क्यामेरा बिग्रिए

निशा गुरुङ
२०८० श्रावण ५, शुक्रबार ०९:५८

हेटौंडा-बिकसित मुलुकमा बजारभरि सीसी क्यामेरा जडान गरिएको हुन्छ र थोरै सुरक्षाकर्मी त्यसको निगरानी गरिरहेका हुन्छ्न् । कुनैपनि घटनामा तत्काल सुरक्षाकर्मीको उपस्थिति हुन्छ । तर, हाम्रो मुलुकमा जडान भएको सीसी क्यामेराको अवस्था के भइरहेको छ भनेर सम्बद्ध निकायलाई चासो नै छैन ।कयौं जटिल घटनामा प्रहरी अलमल्लमा पर्नुपरेको छ मात्र एक सिसि क्यामेराको कारणले ।

हेटौंडा बजारमा ठाँउठाउँमा सीसी क्यामेरा जडान गरिको छ तर, चालु छैन । सम्भावित आपराधिक घटना र सुरक्षालाई मध्यनजर गर्दै मुख्यबजारमा लगाइएका सीसी क्यामेरा यतिखेर नाम मात्रैका छन् । हेटौंडा बजारभरी सीसी क्यामेरा जडान गरिएको छ तर, हाल चालु अवस्थामा नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सम्बन्धित निकायको चासो नजादा सुरक्षा चूनौती बढिरहेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा बजारको मुख्यचोक तथा बजारक्षेत्रमा सुरक्षा व्यवस्था तथा निगरानीका लागि जडान गरिएको सीसी क्यामेरामा समस्या आउँदा प्रहरीलाई सुरक्षा व्यवस्थानमा समस्या आइपरेको छ । सुरक्षामा सहयोग पु¥याउन राखिएको सीसी क्यामेरा बिग्रिँदा सुरक्षा व्यवस्थामा चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरीनायबउपरीक्षक टेकबहादुर कार्कीले बताए ।

बजार क्षेत्रमा सुरक्षा कायम गर्नका लागि हेटौंडा बजारको विभिन्न स्थानमा राखिएका ४० वटा सीसी क्यामेरामध्ये हाल एउटा २३ मात्रै प्रयोगमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । २०७० सालदेखि उद्योग वाणिज्य संघको पहलमा हेटौंडाको विभिन्न स्थानमा ३८ वटा सीसी क्यामेरा जडान गरिएको थियो । हाल भने उद्योग वाणिज्य संघले सीसी क्यामेराको सम्पूर्ण जिम्मा हेटौंडा उपमहानगरपालिकालाई दिएको छ ।

हेटौंडाको बसपार्क, जिल्ला प्रहरी कार्यालय अगाडि, हेटौंडा अस्पतालदेखि चाईनाक्वाटरचोक लगायतका विभिन्न स्थानमा जडान गरिएका १७ वटा क्यामेरा बिग्रेर सञ्चालनमा नआएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए । ‘अधिकांश सीसीटीभी क्यामेरा, प्राविधिक समस्याका कारण बिग्रिएका छन्,’ उनले भने, ‘घामपानीले पनि सीसी क्यामेराको फाइबरमा समस्या पर्ने रहेछ, त्यस्तै फाइबर चुँडिने, ब्याकअपमा समस्या देखिएका छन् ।’

प्रहरीप्रवक्ता कार्कीका अनुसार क्वालीटी नभएका सीसी क्यामेरा भएको कारणले पनि सामान्य हावाहुरी आउँदा बिग्रने गरेका छन् । जिल्ला प्रहरी कार्यालयले बिग्रिएका स्थानमा मर्मत तथा संभारका लागि उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । तर, यस विषयमा नगरले चासो नदिदाँ आपराधिक क्रियाकलापको निगरानी तथा सुरक्षा व्यवस्थापन गर्न प्रहरीलाई समस्या भएको छ । केही रोडमा घटेका घट्ना तथा चोरीको घटनामा संलग्न रहेका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

बिग्रिएका सीसी क्यामेराको मर्मत कार्य उपमहागरपालिकाले पटकपटक गर्दै आएको हेटौंडा उपमहानगरपालिका प्रवक्ता एबम् हेटौंंडा–१ का वडाअध्यक्ष सबिन न्यौपानेले बताए । न्यौपानेका अनुसार, सीसी क्यामेराको लाइन जडान भएको पोलमा विभिन्न कम्पनीको तार पनि एकै ठाउँमा जोडिएका छन् । एउटाको बिग्रेर बनाउँदा, सबै तारहरु चलाइन्छ ।

त्यसले गर्दा पनि सीसी क्यामेरामा पटकपटक समस्या आउने गरेको प्रवक्ता न्यौपानेले बताए बताए । ‘सीसी क्यामेरा बिग्रिएको जानकारी आएपछि हामीले मर्मत गर्न पठाइहाल्ने गरेका छौं । अनुसन्धानमा सहज होस् भन्ने मनसायले हामीले त्यसमा ध्यान दिएका छौं,’ प्रवक्ता न्यौपानेले भने, ‘उपमहानगरपालिकाले थप सीसी क्यामेरा राख्ने निर्णय पनि गरेको र त्यसका निम्ति बजेट पनि छुट्याइसकेका छौं ।’,

सुरक्षा व्यवस्थापनका लागि उपगरपालिकाको विभिन्न चोकमा सीसी क्यामेरा जडान कार्य अगाडि बढाउन लागेको प्रबक्ता न्यौपानेले बताए । नगरभित्र ४० वटा मात्र क्यामेरा जडान गरिएको छ । आगामी दिनमा यसलाई आवश्यक स्थानमा सीसी क्यामेरा थप गर्नुपर्ने माग नगरबासीको छ । नगरको जोखिमयुक्त स्थानको पहिचान गरी थप सीसी क्यामेरा जडान गर्ने कार्य तत्काल सुरु गर्नुपर्ने नगरबासीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*