पहिला मेरै घर भत्काउँछुः पौडेल
हेटौंडा-बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सडक विस्तार हुँदा सबैभन्दा पहिले आफ्नो घर भत्काउने बताएका छन् ।पत्रकारहरुसँग कुरा गर्दै उनले केहीले आफूलाई विकास विरोधी भनेपनि सडक विस्तारका बेला सुरुमा आफ्नो घर भत्काउन लगाउने बताए । पौडेललाई हेटौंडामा २५ मिटर सडक विस्तार हुँदा आफ्नो घर भत्किने डरले बजार भत्काउन नखोजेको आरोप लाग्दै आएको छ । हेटौंडाको मुख्य बजारको सडकसीमा भित्र पौडेलको पनि घर पर्छ । उनले विकासका नाममा जनतालाई सडकमा पु¥याउन नहुने र मुवाब्जा नपाएका जनतालाई क्षतिपुर्ति दिएर मात्र सडक विस्तार गर्नुपर्ने बताए ।
‘बजार भत्काउँदा जनताको ठुलो क्षति हुन्छ, त्यो क्षतिको सरकारले क्षतिपुर्ति दिएर मात्र भत्काउनु पर्छ’, उनले भने । ‘सडक विस्तारमा मेरो घर कुनै कारण हैन, १६–१६ मिटर भत्काउने हो भने नि मरो घर सबै जान्छ, त्यसमा मैले ओके गर्दैनथे होला, बिपक्षी विरोधीले दोष लगाएर हुँदैन, मेरो घर पर्दैमा भत्काउन रोक्नुपर्छ भन्ने हैन’ । डिभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते सूचना जारी गर्दै ३५ दिनभित्र २५ गज सडकसीमाभित्र पर्ने संरचना खाली गर्न भनेको छ ।
यसअघि हेटौंडाबजार भत्काउन सुरु गरेपछि यहाँका केही घरधनीले अदालतमा रिट दायर गरेपछि अदालतले स्टेअर्डर दिएको थियो । २५ मिटर सडक विस्तारकै मुद्दामा सर्वोच्च अदालतले २५÷२५ गज भत्काउन मिल्ने र त्यस भन्दा बढी भत्काउन परे क्षतिपुर्ति दिनुपर्ने भनि उत्प्रेषण आदेश दिएको थियो । अदालतकै आदेशलाई टेकेर सडक कार्यालयले २५÷२५ गज भत्काउने तयारी गरेको छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ ।







