बकैयामा ११ भूमिहिनले पाए लालपुर्जा

साझाकुरा
२०८० श्रावण ७, आईतवार ११:२०

हेटौंडा-मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाका ११ भूमिहिन नागरिकलाई लालपुर्जा वितरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार भएको एक कार्यक्रमकाबीच बकैया गाउँपालिका वडा ५ का नागरिकलाई लालपुर्जा वितरण गरेका हुन् ।

लालपुर्जा वितरणसँगै अव्यवस्थित बसोबास तथा भूमिहिन सुकुम्बासी समस्या समाधानको प्रयत्न पालिकाले नीतिगत रुपमा सुरु गरेको हो । लागत अभिस्ट भएको बाहेकको प्रक्रियागत रुपमा लालपुर्जा वितरण गरिने गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए । लागत समावेश भएका ६४ परिवारमध्ये ११ परिवारको मात्रै लालपुर्जा मुद्रण भएको अध्यक्ष लामिछानेले बताए ।

वितरण कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, बकैया गाउँपालिका पूर्वअध्यक्ष दामोदर खनाल, नेपाली कांग्रेस जिल्ला सभापति बुद्ध लामा, गाउँपालिका ५ नम्बर अध्यक्ष लक्ष्मी जिम्बा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*