टेम्पोको ठक्करबाट थाहाका श्रेष्ठको मृत्यु
हेटौंडा- काठमाडौं महानगरपालिका–३१ शान्तिनगरमा टेम्पोको ठक्करबाट मकवानपुर थाहा नगरपालिका–१ घर भएका ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ ।प्रहरीका अनुसार शुक्रबार साँझ बा.१ ह ३८८४ नम्बरको टेम्पोको ठक्करबाट श्रेष्ठ घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी काठमाडौं शान्तिनगर बस्दै आएका थिए ।
टेम्पोको ठक्करबाट अन्य २ जना पैदलयात्री घाइते भएका छन् । उनीहरुको केएमसी अस्पताल सिनामंगल र सिभिल अस्पताल बानेश्वरमा उपचार
भइरहेको प्रहरीले जनाएको छ । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







