हेटौंडाका श्रेष्ठलाई लाइफ टाइम अवार्ड
हेटौंडा- हेटौंडाको रिलायन्स इ·लिस सेकेण्डरी बोर्डिङ स्कुलका संस्थापक प्राचार्य तथा प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’द्वारा सम्मानित भएका छन् ।एक्जिटो एजुकेशन अष्ट्रेलियाद्वारा सिंगापुर र मलेसियामा आयोजित ‘एक्जिटो इण्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२३’ अन्तर्गत श्रेष्ठ लाइफ टाइम अचिभमेण्ट अवार्डद्वारा सम्मानित भएका हुन् । अन्तर्राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम लिंकन विश्वविद्यालयका कुलपति प्रोफेसर डाक्टर एचजेएच विबी लोरिना अब्दुल्लाहको प्रमुख आतिथ्यता र मलेसियाका राजदुत डाक्टर मोहम्मद युसुफ ए बकारको विशेष आतिथ्यता रहेको थियो ।
एक्जिटोले सर्वेक्षण गरेका नेपालका ५०० भन्दा बढी मोण्टेश्वरी, विद्यालय एवं कलेज मध्येबाट शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका विद्यालय तथा कलेजका संस्थापक, सञ्चालक एवं प्राचार्यलाई १२ वटा विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा एक्जिटो एजुकेशन अष्ट्रेलियाका निर्देशक सचेत वीदीजन, कार्यक्रम संयोजक तथा अनुजा मेडियाकी अध्यक्ष अनुजा आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।







