मकवानपुरमै उत्पादित फलफूल हेटौंडाको दरबार एग्रोमार्टमा
हेटौंडा-मकवानपुरमा नै उत्पादित फलफूल अब हेटौंडामै पाउने भएको छ । फलफूल तथा त्यसको जुस समेत खुवाउने गरी हेटौंडाको हुप्राचौरमा दरबार एग्रोमार्ट सञ्चालनमा आउने भएको हो ।करिब ५० लाख रुपैयाँ लगानी रहेको दरबार एग्रोमार्ट यही साउन महिनाभित्र सञ्चालनमा आउने सञ्चालक सुरज थिङले बताए ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिएर सञ्चालनमा आउन लागेको एग्रोमार्टमा फलफूल, जुस, तरकारीहरु, फूल, स्थानीय रैथाने बालीका उत्पादनहरु बिक्री गर्ने लक्ष्य लिइएको थिङ्ले बताए । मकवानपुरमा गरिएका उत्पादनसँग उपभोक्तालाई सीधै जोड्ने उद्देस्यका साथ एग्रोमार्ट सञ्चालनमा ल्याउन लागिएको हो ।
अहिलेको समयमा दुइछाकमा एकछाक खाना खाने र एकछाक फलफूल खाने चलन बस्दै गएकाले पनि यसलाई सञ्चालन गरेर आम नागरिकलाई सेवा दिन लागिएको हो ।
मकवानपुरको बिभिन्न स्थानमा उत्पादन गरिएका फलफूल उपभोक्तालाई सस्तोदरमा बिक्री गर्ने उद्देस्यकासाथ सञ्चालनमा ल्याउन लागिएको बताउँदै फेन्चु लामा भन्छन्, ‘म ड्रागनलगायतका फलफूलहरु उत्पादन गर्छु यहाँ ल्याएर बिक्री गर्नका लागि सहयोग पनि पुग्छ । बीचमा धेरै बिचौलिया हुने समस्या पनि हटाउँदै लैजाने उदेस्यका साथ काम गर्न लागिएको हो ।’,







