जिल्ला प्रहरीबाट बामदेवको औपचारिक बिदाई

साझाकुरा
२०८० श्रावण ८, सोमबार १०:५६

हेटौंडा- मकवानपुरका प्रहरीप्रमुख प्रहरीउपरीक्षक बामदेव गौतमको जिल्ला प्रहरीबाट औपचारिक विदाई गरिएको छ ।आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा औपचारिक कार्यक्रम गरी प्रहरीप्रमुख बामदेवको विदाई गरिएको हो । गौतमलाई जिल्ला प्रहरीको पदीय जिम्मेवारीबाट मात्र नभई प्रहरी सेवाबाटै विदाई गरिएको हो ।

गौतम आज ८ साउन सोमबारदेखि उमेर हदको आधारमा सेवानिवृत्त हुँदैछन् । उनी यसअघि प्रहरीनायवउपरीक्षक (डिएसपी) भई मकवानपुरमा काम गरिसकेका गौतम १ वर्षअघि प्रहरीप्रमुख भएर यहाँ आएका थिए ।प्रहरीनायवउपरीक्षक टेकबहादुर कार्कीले गौतमलाई मायाको चिनो प्रदान गर्दै औपचारिक विदाई गरेका हुन् ।

एसपी गौतमले संगठनमा लामो समय कार्यरत रहँदाको आफ्नो अनुभव प्रहरी कर्मचारीसँग आदानप्रदानसमेत गरेका थिए । डिएसपी कार्कीले आगामी नागरिक जीवन सुखद रहोस भन्दै शुभकामना व्यक्त गरे । गौतमको विदाई कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरु, मातहत युनिट ईन्चार्ज लगायत कार्यरत अन्य प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*