मुआब्जा दिएर सडक विस्तार गर्नुपर्छः निर्माण व्यवसायी संघ

साझाकुरा
२०८० श्रावण ९, मंगलवार १०:५९

हेटौंडा-हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा निर्माण व्यवसायी संघ मकवानपुरले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै सडक विस्तार हुनुपर्ने तर, मुआब्जा नपाएका घर÷ जग्गाधनीहरुले क्षतिपूर्ति पाउनुपर्ने धारणा अघि सारेको छ । सोमबार संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईले विज्ञप्ती जारी गर्दै डिभिजिन सडक कार्यालयले २५ मिटर सडक सीमाभित्र पर्ने संरचना हटाउन ३५ दिने सूचना जारी गरेको र मापदण्ड अनुरुप सडक फराकिलो बनाउने धारणा स्वागतयोग्य रहेको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, सडक फराकिलो बनाउनुपर्छ तर, विकासको नाममा मुआब्जा नपाएका घरधनीको बास नै नहरने गरी सडकमा पु¥याउने कार्य जनताको अभिभावकको जिम्मेवारीमा रहेको सरकार पक्षबाट हुन नहुने र व्यवसायीको उचित व्यवस्थापन गरेर मात्र सडक विस्तार गरिनुपर्छ । प्रदेश राजधानी रहेको हेटौंडा साँघुरो सडकका कारण भीडभाड र दुर्घटना बढी हुने गरेको छ । संघको आधिकारिक धारणा पनि यही छ कि सडक विस्तार हुनुपर्छ, बाँकी मुआब्जा वा क्षतिपूर्ति र व्यवसायीको व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक समन्वय र सहकार्य गरिनुपर्ने महासचिव चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*