कुष्माण्ड सरोबर त्रिवेणीधाममा ओखतीजन्य वृक्षरोपण
हेटौंडा-नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं स्थापना दिवसको अवसरमा मकवानपुर फर्निचर व्यवसायी संघले सोमबार हेटौंडामा वृक्षरोपण गरेको छ । संघका अध्यक्ष कृष्ण अर्यालको नेतृत्वमा गएको टोलीले हेटौंडा–९ स्थित धार्मिक पर्यटकीयस्थल कुष्माण्ड सरोवर त्रिवेणीधाममा ओखतीजन्य विरुवा रोपण गरिएको
हो ।
धाम परिसरमा कपुर, बेल, सर्पगन्धा, रजनीहरलगायत विभिन्न जडिबुटीजन्य प्रजातिका विरुवाहरु रोपिएको संघका अध्यक्ष अर्यालले बताए । वृक्षरोपण कार्यक्रममा कुष्माण्ड सरोवर त्रिवेणीधाम समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने, फर्निचर महासंघका उपाध्यक्ष गोकुल श्रेष्ठ, उपभोक्ता मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष कुमार पौडेलका साथै मकवानपुरका फर्निचर व्यवसायीको सहभागिता रहेको थियो ।







