चित्लाङ हिँडेको भ्यान दुर्घटना, दुई जनाको मृत्यु

साझाकुरा
२०८० श्रावण १३, शनिबार १४:०७

हेटौंडा- काठमाडौंबाट मकवानपुरको चित्लाङ आउँदै गरेको मारुती भ्यान चन्द्रागिरी– चित्लाङ सडक खण्डमा दुर्घटना भएको छ ।भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो चन्द्रागिरी नगरपालिका–४ पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा बा १० च ३५४६ नम्बरको मारुती भ्यान सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर तामाङ र काभ्रेका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटकाप्रहरीनायबउपरीक्षक (डीएसपी) नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

काठमाडौंबाट चित्लाङतर्फ गइरहेको भ्यान हिलोमा फसेको र धकेल्दा ओभर स्पिड भएर सडकबाट खसेको थियो । भ्यानमा पाँच जना सवार थिए । तीमध्ये तीन जनाको सकुशल उद्दार गरिएको डीएसपी अधिकारीले बताएका छन् । गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ । घटनास्थलमा पानीघाटमा रहेको सेनाको टोली समेत पुगेर उद्दारमा सहयोग पु¥याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*