रातोमाटेबाट अवधै गतिविधिमा संलग्न ३ जना पक्राउ

साझाकुरा
२०८० श्रावण १३, शनिबार १५:०३

हेटौंडा- मकवानपुर प्रहरीले लागूऔषध र अवैध कपडा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध ओरेनेक्स १ सय एमएल १४ बोतल सहित हेटौंडा–१५ बाट १ जना तथा गाँजा ५ किलो ३ सय ग्राम सहित हेटौडा–१० टिसिएनबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यस्तै अवैध कपडासहित हेटौडा–१५ रातोमाटेबाट १ जनालाई नियन्त्रणमा लिइएको छ ।

असार १० गते प्रहरीचौकी रातोमाटेबाट हेटौंडा पथलैया सडकखण्डमा सवारी साधन जाँच गर्नेक्रममा बीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ०५५३ नं. तेल ट्यांकरको क्याबिनबाट ओरेनेक्स १ सय एमएल १४ बोतल बरामद गरिएको हो । ट्यांकर चालक हेटौडा १ का ४९ वर्षीय शंकर अधिकारीलाई लागूऔषध र ट्यांकर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीचौकी रातोमाटेबाट खटिएको प्रहरी ना ५ ख ०५५३ नं. तेल ट्यांकरमा सवार निजगढ नगरपालिका ५ बारा का ३२ वर्षीय महिलाले भन्सार छली ल्याएको कपडा नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीप्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । १ लाख ४३ हजार ७ सय रुपैयाँ मूल्य बराबरको सर्टको थानको कपडा र कुर्था सुरुवाल बिलबिजक नभएको अवस्थामा फेलापरेकोले र महिलालाई कपडासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै असार ११ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० स्थित टिसियन रोडबाट लागूऔषध ५ केजी ३ सय ग्राम गाँजा सहित गोरखा बारपाक सुलिकोट ४ का ३२ वर्षीय आशिष गुरुङलाई नियन्त्रणमा लिएको छ । सडकमा हिडिहेका गुरुङलाई शंका लागि रितपूर्व जाँच तथा खानतलासी गर्दा गुरुङले बोकेको झोलामा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

अबैध कपडा सहित नियन्त्रणमा लिइएको महिलालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको कार्कीले बताए । यस्तै लागूऔषध सहित नियन्त्रणमा लिइएको ट्यांकर, ट्यांकर चालक अधिकारी र गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*