भीमफेदी कारागारमा धेरै लागूऔषधका कैदीबन्दी

साझाकुरा
२०८० श्रावण १४, आईतवार १०:४५

हेटौंडा- जिल्लाको पुरानो सदरमुकाम भीमफेदीस्थित भीमफेदी कारागारमा हाल १ हजारभन्दा बढी कैदीबन्दी थुनामा छन् ।१ हजार ५ सय क्षमताको कारागरामा हाल १ हजार ७६ जना कैदीबन्दीहरु रहेको कारागारका प्रमुख तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार, कारागारमा जिल्ला अदालत र उच्चअदालत पाटन हेटौंडा इजलाशको आदेशबाट विभिन्न मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाइएका कैदीबन्दीहरु रहेका छन् । तीमध्ये महिलाको संख्या ३१ जना रहेका छन् ।

कारागारमा रहेका कैदीमध्ये सबैभन्दा धेरै लागूऔषध ओसारपोसारमा संलग्न रहेको मुद्दामा पूर्पक्षका लागि थुनामा राखिएको छ । उक्त मुद्दामा ३ सय भन्दा बढी कैदीबन्दी रहेको कारागार प्रमुख पौडेले बताए ।यसैगरी, जबरजस्तीकरणीको मुद्दामा १ सय जना, कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १ सय जना, नेकपा माओवादी विप्लवको तर्फबाट विष्फोटक मुद्दामा ६ जना र बैंकिङ कसुरतर्फ ३० देखि ३५ जना कैदीहरु थुनामा राखिएको कारागार प्रमुख पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*