घ्याङ्सिङटार टोविसको दोस्रो साधारणसभा

साझाकुरा
२०८० श्रावण १४, आईतवार १०:५५

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थिति घ्याङ्सिङटार टोल विकास संस्थाको दोस्रो साधारणसभा शनिबार स्थानीय शुभलक्ष्मी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भीमबहादुर ब्लोनको सभाध्यक्षतामा भएको साधारणसभामा बोल्दै प्रमुख अतिथि १ नं. वडा अध्यक्ष सविन न्यौपानेले टोलको एकीकृत विकासको लागि टोल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रमुख अतिथि न्यौपानेले भौतिक विकास सँगसँगै सामाजिक विकासको लागि सरकारले दिने सुविधाहरुलाई उचित तरिकाले उपभोग गर्न सुझाव दिए । उनले स्वास्थ्यचौकीद्वारा प्रदान गर्ने सेवाहरु भरपुर रुपमा लिन अनुरोध गर्दै हालै सेवा शुभारम्भ गरेको नकौली शहरी स्वास्थ्य केन्द्रमा ती सेवाहरु उपलब्ध रहेको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, वडा सदस्य सोनाम सिं ब्लोन, हेटौंडा उपमहानगरपालिका समाज कल्याण शाखा प्रमुख भैरवबहादुर कुमाल, टोविस वडा समन्वय समिति सचिव सम्राट सिलवाल, सल्लाहकार लवाङ सिन्तान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*