रक्षादेवी टोललाई नमूना टोल बनाइने

साझाकुरा
२०८० श्रावण १४, आईतवार १०:५९

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६ मा रहेको रक्षोदेवी टोल विकास संस्थालाई नगरको नमुना टोल बनाइने भएको छ ।हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको सभाहलमा शनिवार भएको कार्यक्रममा रक्षादेवी टोललाई नमूना टोल बनाउने प्रतिवद्धता पत्रमा नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला र रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेशकुमार बानियाँले हस्ताक्षर गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले नमुना टोलकको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । राम्रो कामको लागि उपमहानगरपालिका सदैव सहयोग गर्न तयार रहेको उनको भनाई छ ।

हेटौंडा–६ नम्बर वडा सदैव रचनात्मक र सिर्जनात्मक कामको लागि निरन्तर लागि परेको र यहाँ रहेको रानी सामुदायिक वनले गरेका कामले नगरको शीर उँचो पारेको लामाले बताइन् । कार्यक्रममा नमूना टोलले गर्नुपर्ने कार्यहरुको बारेमा विके महर्जनले सहजीकरण गरेका थिए । २०८१ साल जेठ २२ गते विश्व वातावरण दिवसको दिन रक्षादेवी टोललाई नमूना टोल घोषणा गरिने भएको छ ।

नवजीवनज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का कार्यवाहक वडाअध्यक्ष विजय पौडेल, वडासदस्य लेखराज ढकाल, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रव अधिकारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडल, नवजीवनज्योति क्लबका पूर्वअध्यक्ष श्यामप्रसाद श्रेष्ठ, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताललगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*