बसर्पाकबाट लागूऔषधसहित २ जना पक्राउ

साझाकुरा
२०८० श्रावण १७, बुधबार १२:१४

हेटौंडा-मकवानपुर प्रहरीले ५ सय २४ एम्पुल लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा–१० बसपार्कबाट लागुऔषध सहित वीरगंज–१६, पर्साका १९ वर्षीय महमद ईमरानमन्सुर तथा वीरगंज–१ का १९ वर्यीय सुनिल साहलाई नियन्त्रण लिएका हो ।

साउन १५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीटोलीले हेटौडा–१० बसपार्कमा ना ६ ख ८९३७ नम्बरको बसलाई जाँच गर्दा मन्सुरले बोकेको झोलाबाट लागुऔषध डाईजेपाम १ सय ९९ एम्पुल, फेनार्गन १ सय ९५ एम्पुल, बुप्रिनुर्फिन १ सय ९० एमपुल गरी जम्मा ५ सय २४ एम्पुल फेला परेको मकवानपुर प्रहरीप्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । लागुऔषध सहित मन्सुर र साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*