करारका कर्मचारीको सामाजिक सुरक्षा लागू गर्न मुख्यमन्त्रीको निर्देशन

साझाकुरा
२०८० श्रावण १७, बुधबार १२:१८

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले करारका कर्मचारीको भविष्य सुनिश्चितताका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समीक्षा बैठकमा उनले स्थायी कर्मचारीको पेन्सन तथा उपदान हुने तर करार कर्मचारीको जागिर छोड्दा वा अशक्त हुँदा हातमा केही नहुने भएकोले साउनदेखि नै कार्यक्रम अनिवार्य लागू गर्न लागिएको बताए । ‘जागिर छुट्दा, अशक्त हुदा आर्थिकरुपले सहयोग पाउनका लागि यो कोषको महत्व छ । त्यसैले यही साउनदेखि लागू हुने गरी काम गर्नुहोस् ।’,

उनले बागमती प्रदेश सुशासन केन्द्रलाई तालिम दिने क्रममा उपलब्धिको पनि लेखाजोखा राख्न निर्देशन दिएका छन् । मुख्यमन्त्री जम्कट्टेलले नीति तथा योजना आयोगलाई मन्त्री एवं सचिवहरुको टेबलमा अटाउने खालको प्रभावकारी योजना पेश गर्न निर्देशन दिए । बजेट बन्दा संयोगले आयोगको योजना पर्ने बाहेक योजनाको ठेलीमा कसैको आँखा नजाने तीतो यथार्थ रहेको भन्दै यस्तो कार्यलाई सुधार गर्न प्रभावकारी योजना टेबलमा राख्न मिल्ने बनाउन उनको जोड थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*