सुन तस्करी छानबीनमा उच्चस्तरीय समिति मागेको होः बर्तौला

साझाकुरा
२०८० श्रावण १७, बुधबार १२:२१

हेटौंडा- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबीनलाई सहज बनाउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबीन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताएका छन् ।सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरुलाई पनि छानबीनको दायरामा ल्याउनका लागि उच्चस्तरीय छानबीन समिति नै बनाउनुपर्ने अडान लिएको मकवानपुरबाट प्रतिनिधिसभामा निर्वाचित बर्तौलाले बताए ।

मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्तौलाले उच्चस्तरीय छानबीन समितिले राजश्व अनुसन्धान विभागको छानबीन समितिसँगै मिलेर काम गर्ने बताए ।अहिले छानबीनमा संलग्न रहेका निकाय तथा अधिकारीहरुले पनि उच्चस्तरीय छानबीनको आवश्यकता औंल्याइरहेको उनको जिकिर थियो ।
सचेतक बर्तौलाले सिंगो देशले उच्चस्तरीय छानबीन समितिको माग गरिरहँदा पनि सरकार डराइरहेको आरोप समेत लगाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*