हेटौंडामा करिब ३० लाख मुल्यको औषधि र कपडा बरामद

सशस्त्र प्रहरीको सफलता
साझाकुरा
२०८० श्रावण १९, शुक्रबार ११:५१

हेटौंडा-भन्सार छलेर ल्याइएको कपडा र प्रयोग तथा बिक्रीवितरणमा प्रतिबन्धित औषधि हेटौंडामा बरामद गरिएको छ ।हेटौंडा उपमहानगरपालिका–१५, स्थित रोतोबाटेबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा अवैध कपडा र औषधि बरामद गरेको हो । यसअघि नेपाल प्रहरीले पनि रातोमाटेबाट भन्सार छलेर ल्याइएको अवैध कपडालगायतका खाद्यान्न सामग्री पनि बरामद गरेको थियो ।

यसअघि सानो परिमाणमा कपडालगायतका खाद्यान्न सामग्री बरामद हुँदै आएपछि सशस्त्र प्रहरीले भने रोतोमाटेबाट ठूलो परिमाणमा अवैध कपडा र औषधिजन्य सामग्री बरामद गरेको हो । प्रहरी अप्रेशनले भन्सार छलेर ल्याउँदा राजश्व चुहावटको स्थिति छर्ल· भएको छ । तर, प्रहरीले भन्सार छलेर ल्याउने गिरोहलाई पक्राउ गरेर कारबाही गर्न सकेको छैन ।

हेटौंडा–१५, रातोमाटेबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरले प्रतिबन्धित ट्रामाडोल औषधि, बिलबिजक फरक कपडासहित मालवाहक कन्टेनर नियन्त्रणमा लिएको हो । बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले बीरगंजबाट काठमाडौं तर्फ कागज लिएर जाँदै गरेको कन्टेनर भित्र लुकाई ल्याइएको प्रतिबन्धित औषधि र कपडा बरामद गरेर बिहीवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

प्रहरीले बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबाहक कन्टेनरबाट १४ लाख ४६ हजार बराबरको कपडा, प्रतिबन्धित ट्रामाडोल औषधि ७ कार्टुन र म्याद गुज्रिएको मल्टी भिटामिन बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरका गणपति एसपी अनिल कार्कीले जानकारी दिए ।

सशस्त्र प्रहरीले दश लाख २६ हजार बराबरको ५ सय १३ थान कुर्था, एक लाख २० हजार मूल्य बराबरको ३० थान पाइन्ट, तीन लाख मूल्य बराबरको दुईसय थान टि–र्सट बरामद गरेको जानकारी दिएको छ । प्रहरीले प्रतिबन्धित औषधि ट्रमाडोल एकलाख ३१ हजार ७ सय ६० ट्याव्लेट र म्याद गुज्रिएको १ सय ५० वटा महरिच मल्टिभिटामिन बरामद गरेर सार्वजनिक गरेको छ ।

सशस्त्र प्रहरीले कन्टेनरसहित चालक काभ्रे देउपुर नगरपालिका–९ मण्डन बस्ने अन्दाजी ५० बर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जिम्मा लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*