सर्पको टोकाईले बकैयामा बालिकाको मृत्यु
हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिकामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । बकैंया गाउँपालिका वडा नम्बर ७ अधेरी घर भएकी १२ बर्षीया करिष्मा लोको सर्पले टोकेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जानकारी दिएको छ । बागमती प्रदेश प्रहरीका अनुसार बुधबार आफ्नै घरमा बसिरहेको अवस्थामा करिष्मालाई सर्पले टोकेको थियो । परिवारले उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा उपचारकै क्रममा बुधबार दिउँसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।







