बागमती नदीमा डुबेर बालकको मृत्यु
हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बागमती गाउँपालिकास्थित बागमती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।बागमती गाउँपालिका वडा नम्बर ४ पाल्पाले बस्ने ८ बर्षीय निशान बलको डुबेर मृत्यु भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
वडाअध्यक्ष दन्तलाल माझीका अनुसार निशान बुधबार दिउँसो साथीहरुसँग बागमती नदीमा पौडी खेल्ने गएका थिए । घटनास्थलबाट प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमाटका लागि हेटौंडा अस्पताल ल्याएको थियो ।







