बागमती पहिरो अपडेटः ७ महिनाको बालिका मृत फेला

साझाकुरा
२०८० श्रावण २५, बिहीबार ११:०१

हेटौंडा- मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा पहिरोले घर बगाउँदा करिब ७ महिनाको बालिका मृत फेला परेकी छन् ।बागमती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ७ जनामध्ये बुधवार साँझसम्म ४ जनाको शव फेला परेको र एक जनाको जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बुधवार नै बेपत्ता भएकामध्ये अर्काे १ जना पुरुष मृत अवस्थामा भेटिएका थिए ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा ६० बर्षका अक्कलबहादुर स्याङ्तान मृत अवस्थामा फेला परेको र साँझ करिब ७ महिने बालिका दिब्या पहरी मृतअवस्थामा फेलापरेको मकवानपुरका प्रहरीनायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।बुधबार नै उक्त स्थानमा स्याङ्तानको छोरी २२ वर्षकी शिला पहरी मृत अवस्थामा फेला परेकी थिइन् । अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे गएको पहिरोमा परी ७ जान बेपत्ता भएकोमा सन्तमाया स्याङ्तानलाई मंगलबार नै उद्दार गरी स्थानीय स्वास्थ्यचौकीमा लैजाँदा मृत्यु भएको थियो ।

पहिरोले बगाएका सिन्धुली हरिहरपुर–१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङलाई मंगलबार बेलुका जीवितै उद्दार गरिएको थियो । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोमा बगाएका अक्कलबहादुरका ज्वाई २५ बर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी अझै बेपत्ता रहेको डिएसपी कार्कीले जानकारी दिए । सुरक्षा निकायले पहिरोमा परी वेत्तपा भएकाहरुको खोजीकार्य निरन्तर जारी राखेको कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*