जन्मको आधारका ११७ जनालाई नागरिकता

साझाकुरा
२०८० श्रावण २६, शुक्रबार ११:१४

हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न थालेको छ । हालसम्म मकवानपुर प्रशासनबाट जन्मको आधारमा नागरिकता लिएका एक सय १७ जना नागरीकका सन्तानले नेपाली नागरिकता लिएको प्रशासकीय अधिकृत आशाबहादुर थिङ लामाले बताए ।

अधिकृत लामाका अनुसार हालसम्म मकवानपुरमा जन्मको आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई बंशजको आधारमा ५० जना महिला र ६७ जना पुरुषले नागरिकता लिएका हुन् ।मकवानपुरमा आमाको नाममा एक जना महिलाले नागरीकता लिएको लामाले बताए । आब ०७९÷८० मा जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको आधारमा एक सय १२ जनाले नागरिकता पाएका थिए भने यो महिना थप पाँच जनाले नागरिकता लिएको अधिकृत लामाले बताए ।

जन्मको आधारमा नागरिकता लिएको नागरिकका सन्तानले बंशजको नागरिकता लिनको लागि बावु र आमाको नागरिकता, जन्म दर्ता, स्थायी बसोवास खुल्ने कागजातहरु, मतदाता परिचयपत्र वा जग्गाधनी प्रमाणपुर्जा वा सरसफाई परिचयपत्र वा बिजुली÷खानेपानीको महसुल तिरेको बिल वा नेपालमा अध्ययन गरेका शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित लगायतका कागजात आवश्यक पर्ने उल्लेख छ । नेपाल नागरिकता ऐन २०६३ (संसोधन) बमोजिम जन्मको आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा सूचना जारी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*