जोखिममा सावधानी अपनाउन प्रशासनको आग्रह

साझाकुरा
२०८० भाद्र २, शनिबार १०:१०

हेटौंडा-जोखिमजन्य ठाँउलाई सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको अध्यक्षतामा बसेको बैठकले विपद्का दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा रहेका बस्ती तथा घरहरुको पहिचान गरी त्यस्ता बस्ती तथा घरहरु सम्बन्धित स्थानीय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउने साथै, स्थानान्तरणको कार्यमा थप सहयोग आवश्यकपरेमा जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने आव्हान गरेको छ ।

जिल्लाका विभिन्नसरोकारवाला निकायबाट प्राप्त सुझाव समेटी अध्यावधिक गरिएको मकवानपुर जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० स्वीकृत गरी कार्यान्वयन गर्ने जनाएको छ । यस्तै बकैया गाउँपालिकामा आगलागीबाट जली पूर्णरुपमा नष्ट भएका आगलागी पीडितको घर पुननिर्माणको लागि लाभग्राही कायम गर्न सिफारिस भई आएको सम्बन्धमा बैठकबाट ‘आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना’ अनुदान दिने निर्णय गरेको छ ।

मनहरी गाउँपालिकाको पत्रनुसार मनसुनजन्य विपद् अविरल वर्षाबाट पूर्णरुपमा क्षति भएका विपद् प्रभावितको घर पुनर्निर्माणको लागि लाभग्राही कायम गर्न सिफारिस भई आएको लाभग्राहीलाई अनुदान दिने निर्णय गरेको छ । बैठकमा जिल्लाका राजनीतिक दलका प्रमुखहरु, सरकारी निकायका प्रमुखहरु, गाँउपालिका, उपमहानगरपालिकाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । उनीहरुले स्थानीय तहबाट गर्नुपर्ने आवश्यक तयारी रहेको जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*