तामाङ प्रसारण दिवसमा संचारकर्मी सम्मानीत
हेटौंडा-तामाङ पत्रकार संघ मकवानपुरले शुक्रबार तामाङ प्रसारण दिवस मनाएको छ । शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा २९ औं तामाङ प्रसारण दिवस मनाएको हो ।दिवसको अवसरमा मकवानपुर रेडियोका सञ्चारकर्मी दुदुमाया सिन्तानलाई तामाङ पत्रकारिता सम्मान २०८० बाट ५ हजार रुपैयाँ राशिसहित सम्मानित गरिएको छ । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख घलानलले कला, संस्कृतिको संरक्षण संर्वद्वनको लागि तामाङ प्रसारण दिवसले सहयोग पु¥याएको बताए । यस्तै तामाङ पत्रकारहको हकहितको लागि सहयोग गरिने प्रतिबद्वता जनाए ।
राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, नेपाल तामाङ घेदुङ संघीय सदस्य मेम्बार लो, सुवास सिन्तान, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाबहादुर घलान, नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलान, सचिव किरणमान बल, तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा, हेटौंडा–१५ कावडाध्यक्ष सुनिल मोक्तान, हेटौंडा–१३ का वडाअध्यक्ष पेम्बा लामा, आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष ज·बहादुर गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, मगर संघ मकवानपुरको सहसचिव भुपेन्द्र रानामगर, तामाङ विद्यार्थी घेदुङ बागमती प्रदेश सचिव इशा पाख्रिनलगायतको उपस्थिति थियो ।







