महिला सक्षम हुन जरुरी छ:मेयर लामा

साझाकुरा
२०८० भाद्र २, शनिबार १०:२६

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले महिला सबै क्षेत्रमा सक्षम हुन जरुरी रहेको बताएकी छन् । शुक्रवार मानवअधिकारको लागि महिला एकल महिला समूह मकवानपुरले हेटौंडामा आयोजनागरेको महिला शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रिय सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी सरोकारवालासँग नागरिक संवाद कार्यक्रममा बोल्दै लामाले महिला सक्षम भए उपमहानगरपालिकाकै विकास हुने बताएकी हुन् ।

मेयर लामाले एकल महिलाका लागि उपमहानगरपालिकाबाट आयआर्जनमा जोड्न बजेट समेत छुट्याएको बताइन् । लामाले एकल महिलालाई विभिन्न कार्यहरुमा प्रोत्सहन गर्न आफ्नो तर्फबाट सधैं सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत कृष्णप्रसाद मिश्रले सुरक्षासम्बन्धी संयुक्त राष्ट्रिय सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को बारेमा प्रष्ट पारेका थिए ।

त्यसैगरी कार्यक्रममा मानवअधिकारको लागि महिला एकल महिला समूह बागमती प्रदेशका अधिकृत अप्सरा अर्यालले कार्यक्रमको उदेश्यबारे जानकारी गराएकी थिइन् । मानवअधिकारको लागि महिला एकल महिला समूह मकवानपुरका अध्यक्ष शान्ता विकको सभाध्यक्षता भएको कार्यक्रममा प्रदेश अध्यक्ष देवकी पौडेल, जिल्ला महासचिव शारदा चौलागाई, सचिव अमृता थापा मगर, कोषाध्यक्ष निर्मला पौडेल, नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य कृष्णबहादुर मिश्र, ईन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतलगायतको आथित्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*