ओम् वृद्धाश्रमको साधारणसभा सम्पन्न

साझाकुरा
२०८० भाद्र २, शनिबार १०:३३

हेटौंडा-हेटौंडा–२ चौकीटोलमा रहेको ओम् वृद्धाश्रमको १७ औं साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव भीष्मकुमार भुषालको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारणसभालाई सम्वोधन गर्दै सचिव भुषालले वृद्धाश्रमले वृद्धवृद्धाहरुको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउँदै सामाजिक विकास मन्त्रालय वृद्धाश्रमलाई सदैव सहयोग गर्ने बताए । साधारणसभामा सचिव नारायणप्रसाद कँडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष फणिन्द्रप्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भैरबबहादुर कमाल, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष हरिप्रसाद सिग्देल, मामाघर नेपालका संरक्षक अर्पण पराजुली, वृद्धाश्रमका संस्थापक अध्यक्ष बुद्धिप्रसाद पौडेल, उपाध्यक्ष बेगम बराल, सल्लाहकार सुर्दशन अधिकारी, सञ्चाकर्मी भीमसेन पौडेल, देवीप्रसाद कोइरालालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । वृद्धाश्रममा हाल १७ पुरुष र ८ महिला गरी २५ जनाले आश्रय लिइरहेका छन् भने ३ जना हेरचाह गर्ने र १ जना स्टाफ नर्स रहेको सदस्य रुपा ढुङगानाले बताइन् । साधारणसभामा वृद्धाश्रमलाई सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मानगरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*