नेउवा महासंघ बागमती प्रदेश रोजगार समितिको उपसभापतिमा थाहानगरका कार्की

साझाकुरा
२०८० भाद्र २, शनिबार १०:३८

हेटौंडा- नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको रोजगार समितिको उपसभापतिमा थाहानगर उद्योग वाणिज्य संघका शम्भुसिंह कार्की मनोनित भएका छन् । कार्की सामुदायिक रेडियो रेडियो पालुङका संस्थापक तथा दक्षिण एसियामै पहिलो पटक अडियो टावर संचालन गर्ने संस्थाको पनि संस्थापक हुन् ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा संचालनसम्बन्धी नियमावली, २०७३ बमोजिम कार्कीलाई उपसभापतिमा मनोनित गरेको बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

समितिको सभापति नेपाल उद्योग वाणिज्य महासंघ बागमतीका सदस्य बीरेन्द्रनाथ भट्टराई रहेका छन् । महासंघको हालै सम्पन्न बैठकले समितिको सदस्यहरु मनोनित गरेको हो । समितिको सदस्यहरुमा हिटको प्रालिका प्रदीपमान प्रधान, क्वालिटी किचन इन्भेस्टमेन्ट प्रालिका उज्वल सत्याल, भ्याली कोल्ड स्टोरका सक्षम घिमिरे, बाघभैरव प्रीन्टिङ हवका सुकदेव जोशी र नेपाल औषधि उत्पादक संघका सदस्य सन्तोष बराल मनोनित भएका छन् । थाहानगरको पालुङ जेसीज भवनमा ३२ साउनमा भएको बागमती प्रदेशस्तरीय विषयगत समिति परिचयात्मक कार्यक्रमको अवसरमा मनोनित सबैलाई शुभकामना आदानप्रदानसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा महासंघ बागमती प्रदेशका पदाधिकारी तथा विषयगत समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत १ दर्जन बढी विषयगत समितिहरु गठन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*