निकुञ्जको कोर एरियामा पर्खाल लगाउन सुझाव

साझाकुरा
२०८० भाद्र २, शनिबार १०:४५

हेटौंडा- मकवानपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बर्तौलाले निकुञ्जको कोर एरियामा सकेसम्म कंक्रिटवाल र कम्तिमा पनि अपसेट तारबार गर्नुपर्ने वताएका छन् । यसबाट जनता र जनावरकाबीचमा हुने द्वन्द्व कम हुने बताएका हुन् । मकवानपुरको हाँडीखोला क्षेत्रमा बर्षेनी जंगली जनावरको श्रृंखंलावद्ध आक्रमणमा मानिसको मृत्यु हनुे गरेको बताउँदै सांसद बर्तौलाले मृतकको परिवारले क्षेतिपूर्ति वापत पाउने १० लाख रुपैयाँ बढाएर २५ लाख रुपैयाँ पु¥याउनुपर्ने कुरामा जोड दिए ।

शुक्रवार नेकपा (एमाले)का सचेतक बर्तौलाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक डा. सिन्धु ढुंगानासँग संरक्षण क्षेत्र, निकुञ्जको कोरएरिया तथा बफरजोनका विषयमा छलफल गर्दै बफरजोनको परिभाषाको विकास गर्नुपर्ने र मध्यवर्ती क्षेत्रको सीमाना मानवबस्तीबाट पर सार्नुपर्ने वताए ।

सांसद बर्तौलाले मनहरी लगायतको क्षेत्रमा भूमि आयोगले वितरण गर्न लागेको जग्गाको निस्सा वितरणमा निकुञ्जले समस्या खडा गर्दा कुनैपनि वेला वन र स्थानीयबीचमा समेत झडप हुनसक्ने उल्लेख गर्दै भूमिहिन, दलित, सुकुम्वासीलाई जग्गा प्राप्त गर्नमा सहजिकरण गर्न अनुरोध गरे । छलफलकै क्रममा मनहरी गाउँपालिका पूर्वअध्यक्ष एकराज उप्रेतीले आफू अध्यक्ष हुँदा राप्ती संरक्षणबाट प्राप्त र प्रतापपुर क्षेत्रको वस्ती स्थानान्तरणबाट करिव ९०० विगाह जग्गा उकासिएकोमा खोलाले ४०० विगाह बगर बनाउन लागेले जग्गाको संरक्षण गर्नुपर्ने बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक डा. सिन्धु ढुंगानाले छलफलकै क्रममा आफू काम गर्नको लागि सकारात्मक रहेको बताए । सांसद बर्तौलाले विभाग सकारात्मक भए त्यस क्षेत्रमा जनतालाई पर्यटन विकासका माध्ययमबाट रोजगारी सृजना गर्न सकिने र स्थानीय युवालाई स्थानीयस्तरमा नै टिकाउन सकिने वताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*