लायन्स र लियो क्लबद्वारा वृक्षरोपण
हेटौंडा-थाहा नगरपालिकामा लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरले वृक्षरोपण गरेको छ ।शनिबार थाहा नगरपालिका वडा नम्बर ४, स्थित प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा वृक्षरोपण गरिएको हो । क्लबले धुपी, लौठसल्ला, रोजमेरी, देबदार प्रजातिका करिव ५० वटा विरुवा रोपेको लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष रोशनी गोपालीले जानकारी दिए ।
लायन्स क्लबको वार्षिक कार्यक्रमअन्तर्गत वृक्षरोपण गरिएको र रोपिएका विरुवाहरुलाई नियमित गोडमेल, संरक्षण गरी हुकाईने लायन्स क्लब अफ थाहा पिसका सचिव निरज रायमाझीले जानकारी दिए ।
लियो क्लब अफ पिस थाहानगरका रोशनी गोपालीको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, निवर्तमान अध्यक्ष जयराम खत्री, वर्ष २०२३÷२०२४ का अध्यक्ष गीता कार्की, प्राथमिक स्वास्थ्यकेन्द्रका डा.गगन कार्की, डा.पवन कार्की, लियो क्लबका पूर्वअध्यक्ष कमल बिष्टलगायत लायन्स क्लव र लियो क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।







