कैलाशमा खोलाले बगाउँदा बालिकाको मृत्यु
हेटौंडा- मकवानपुरको विकट कैलाश गाउँपालिकामा खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ । कैलाश गाउँपालिका–१० मा मनहरी खोलाले बगाउँदा ४ वर्षीया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।आइतबार कैलाश–१०, भालटारमा मनहरी खोलाले बगाउँदा ४ वर्षीया प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथीहरुसँग खेल्न गएकी प्रमिसालाई खोलाले बगाएर मृत्यु भएको भनी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङसहितको टोलीले घटनास्थललाई सुरक्षित राखेको तथा आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सहितको टोली गएको मकवानपुर प्रहरीले जनाएको छ ।







