मउवासंघको कार्यकारी निर्देशकमा सुवेदी
हेटौंडा-मकवानपुर उद्योग वाणिज्य संघको कार्यकारी निर्देशक पदमा हेटौंडा–११ निवासी सुजन सुवेदी नियुक्त भएका छन् । स्नातकोत्तर गरेका सुवेदी भाद्र ३ गतेबाट मउवासंघको कार्यकारी निर्देशक नियुक्त भएका हुन् । विभिन्न क्याम्पसमा प्राध्यापन गरेको र औद्योगिक प्रतिष्ठानको व्यवस्थापनको उनको अनुभवले संघलाई थप प्रभावशील तुल्याउने विश्वास लिएको संघका महासचिव दीपक उप्रेतीले बताए ।







