बायो ग्यास उत्पादन नजिक भीमफेदी कारागार

साझाकुरा
२०८० भाद्र ४, सोमबार ०९:३३

हेटौंडा-मकवानपुरको भीमफेदी कारागारले आगामी असोज अन्तिम साताबाट बायो ग्यास उत्पादन गर्ने भएको छ । कारागारबाट निस्कने फोहोरबाट बायो ग्यासको उत्पादन सुरु गर्ने भएको कारागारका
जेलर तीर्थराज पौडेलले जानकारी दिए ।पौडेलका अनुसार, बायो ग्यास उत्पादनका लागि बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको छ ।

ग्यास उत्पादनको लागि बागमतीप्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिकवर्ष २०८०÷८१ मा ३० लाखरुपैयाँ अनुदान रकम उपलब्धगराएको छ ।
कारागारमा हाल १ हजार ७० जना बन्दीकैदीहरु रहेका छन् । तीमध्ये ३१ जना महिलारहेका छन् भने अन्य सबै पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*