मनहरी–५ मा प्रगति विवरण सार्वजनिक

साझाकुरा
२०८० भाद्र ७, बिहीबार ०९:२३

हेटौंडा-मनहरी गाउँपालिका वडा नं ५ कार्यालयले गत आर्थिक बर्ष २०७९÷८० को प्रगति विवरण सरोकारवालाको भेला गरेर सार्बजनिक गरेको छ ।गाउँपालिकाले वडा विकासका लागि बिनियोजन गरेको सिलिङ बजेट १ करोड १८ लाख र संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको ५ करोड १० लाख रुपैयाँ कार्यान्वयन गरी भएगरेका विकास निर्माणका कामहरुको समीक्षा गरिएको वडाध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए ।

त्यसैगरी आन्तरिक आयतर्फ ५ नं वडामा ९ लाख ४२ हजार रुपैयाँ संकलन गरिएको जानकारी कार्यक्रममा गराइएको थियो । समीक्षा कार्यक्रममा नेपाली काँग्रेसका बिष्णुप्रसाद उप्रेती, नेकपा एमालेका बलराम बस्नेत, नेकपा माओवादी केन्द्रका सुब्बाप्रसाद सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमबहादुर रुम्बालगायत राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।रिखेश्वर टोल विकास संस्थाका नवराज उप्रेती, चुरियामाई टोल विकास संस्थाका दीपक पण्डित, शिखर टोल विकास संस्थाका बीरबहादुर रुम्बा, बसन्तपुर टोल विकास संस्थाका गजाधर सुवेदी, दुग्देश्वर टोल विकास संस्थाका लालबहादुर स्याङ्तान, भोजसिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक महेश रिजाल, वडा सदस्यलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वडासचिव विदुर पाठकले गरेका थिए ।

एकवर्षमा भएका कामहरुबारे सरोकारवालालाई जानकारी गराउँदा सूचनाको हक कार्यान्वयन भएको सरोकारवालाबाट प्रतिक्रिया आउनाले आगामी दिन अझ प्रभावकारी ढंगले अघि बढ्न मार्गदर्शन प्राप्त भएको वडाध्यक्ष अधिकारीले बताए ।कार्यक्रममा सहभागी राजनीतिक दल तथा टोल विकास संस्थाका प्रतिनिधिले अहिलेसम्म ५ नं वडामा कार्यान्वयनबारे बार्षिक समीक्षा नगरिएको अबस्थामा यस बर्षबाट नयाँ संस्कार सुरु गरिएकोप्रति खुसी ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*