राक्सिराङका प्रजा तीन दिनदेखि बेपत्ता

साझाकुरा
२०८० भाद्र ७, बिहीबार ०९:२५

हेटौंडा-राक्सिराङ गाउँपालिका–५ प्याङ्चे निवासी कुमार प्रजा तीन दिनदेखि बेपत्ता भएका छन् । उनी क्रिस्चिएन समुदायका पास्टर थिए ।घरबाट भदौ ३ गते बिहान ११ बजे निस्केका कुमार बुधवार रातिसम्म फेला परेका छैनन् । आफ्नो श्रीमान बेपत्ता भएपछि श्रीमती आइतीमायाले जिल्ला प्रहरी कार्यालयमा श्रीमान खोजी गरिदिनका लागि जाहेरी दर्ता गरेकी छन् ।नेपाल चेपाङ संघ राक्सिराङ गाउँ कार्यकारिणी समितिका अध्यक्ष सोमलाल प्रजाले विज्ञप्ती प्रकाशन गर्दै भदौ ३ गते इलाका प्रहरी कार्यालय मनहरीबाट २ सय मिटरको दुरीमा रहेको प्रभू बैंक अगाडिको चोकमा कुमार र छिमेकी सानुबाबुबीच झगडा भएको बुझिन्छ ।

दुबैजनाबीच आर्थिक लेनदेनको बिषयमा विवाद भएको नेपाल चेपाङ संघ राक्सिराङ गाउँ समितिले जनाएको छ । समितिका अध्यक्ष सोमलाल प्रजाले जारी गरेको विज्ञप्तीमा झगडाका क्रममा सानुबाबुले कुमारलाई ३ थप्पड हिर्काएका थिए ।घटना भएको भोलिपल्ट बिहान १० बजेतिर कुमारले श्रीमतीलाई टेलिफोन गरी ‘मलाई अपहरणकारीले अपहरण गरी लगेको छ’ भनेर फोन राखेको र त्यसयता फोन सम्पर्क नभएको चेपाङ संघको दाबी छ । संघले घटनामा मुछिएका सानुबाबुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरीको ध्यानाकर्षण गराएको छ । घटनापछि कुमारको ब्यापक खोजी गरिएपनि हालसम्म पत्ता नलागेको नेपाल चेपाङ संघ बागमती प्रदेश समितिका अध्यक्ष खुसीलाल प्रजाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*