थापा इप्रका मनहरीका नयाँ इञ्चार्ज
हेटौंडा-इलाका प्रहरी कार्यालय मनहरी प्रमुखको जिम्मेवारी बुधवारदेखि दीपक थापाले सम्हाल्ने भएका छन् । झण्डै १३ महिनादेखि नेतृत्व सम्हालिरहेका प्रहरी निरीक्षक (इन्स्पेसक्टर) कृष्णराज ढकालको सरुवा भएपछि उनको ठाउँमा थापा आइपुगेका हुन् ।गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा कार्यरत थापा बुधवार दिउँसो इलाका प्रहरी कार्यालय मनहरी आइपुगेका हुन् । १३ महिने लामो कार्यकालबाट बिदा हुँदै प्रहरी निरीक्षक ढकालले मनहरीबाट लागूऔषध नियन्त्रण ब्यूरो फैसला कार्यान्वयन शाखा कोटेश्वरमा जिम्मेवारी सम्हाल्ने छन् ।
१३ महिने कार्यकालको स्मरण गर्दै प्रहरी निरक्षक ढकालले मनहरीको बसाई अत्यन्तै सौहाद्र र निर्विवाद बनेको प्रतिक्रिया दिए । ‘अपवादबाहेक सबै राजनीतक पार्टी, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज सबैको सहयोगमा मैले कार्य सम्पादन गर्न सकेँ’, ढकालले भने–‘इलाका प्रहरी कार्यालय मनहरीको बसाई स्मरणीय रह्यो ।’







