चित्रकलाको तीनवटै पुरस्कारमा बालजागृतिको कब्जा
हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नं २ द्वारा आयोजित चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा चौथो स्थान हेटौंडा–२ मा अबस्थित रहेको बालजागृति इङ्लिस सेकेण्डरी बोडिङ स्कुलले हात परेको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा अबस्थित रहेको जम्मा १६ वटा बालसमूहका २८ जना सहभागीबीच भएको बालअधिकारसम्बन्धी चित्रकला प्रतियोगितामा बालजागृति बोडिङ स्कुलले चारवटा नै पुरस्कार हात पारेको वडा नम्बर २ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जनले बताए ।
चित्रकलामा बालजागृति इंगलिस सेकेण्डरी बोडिङ स्कुलका विद्यार्थी प्रथम स्वस्ति शाक्य, द्वितीय आयाम पाठक , तृतीय सुयोग हमाल र चौथो स्थान श्रेया ढकालले हात पारेका चित्रकलाका प्रशिक्षक सञ्जीव थिङले जानकारी दिए ।हेटौंडा उपमहानगरपालिकाभित्र भदौ ९ गते हुन लागेको दोश्रो नगरस्तरीय प्रतियोगिताको निम्ति वडा नम्बर २ बाट आफ्नो विद्यालयकी प्रथम छात्रा स्वस्ति शाक्यलाई छनोट गरिएको विद्यालयका प्रिन्सिपल बिनोद सुबेदीले बताए ।







