शान्तिटोलमा पुनः धिताल

साझाकुरा
२०८० भाद्र १०, आईतवार ११:४७

हेटौंडा-हेटौंडा–६, मा रहेको शान्तिटोल विकास संस्थाको २४ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा साधारणसभा भएको थियो ।साधारणसभामा संस्थाका अध्यक्ष धितालले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई नगरको उत्कृष्ठ टोल विकास संस्था बनाईने बताए । यस आवमा बालक्लव, ज्येष्ठ नागरिक र महिला उपसमूह बनाईने, बचत तथा ऋण कार्यक्रमलाई प्रभावकाी बनाईने, सरसफाई, विद्युतीकरण, स्थानीय क्षेत्रको मठ, मन्दिर, पार्कलाई ब्यवस्थित गरिने, सडकको दायाँबायाँ वृक्षरोपण, विभिन्न क्षेत्रका उत्कृष्ठ ब्यक्तिलाई सम्मान गरिने प्रतिवेदनमा उल्लेख गरेका छन् । यसैगरी पुस्तकालय परिचालन, कार्यालय ब्यवस्थापन, ज्येष्ठ नागरिक तीर्थाटन, विपन्न बर्गलाई सहयोग, छात्रवृत्ति, धार्मिक गतिविधि सञ्चालन लगायत काम गरिने अध्यक्ष धितालले बताए ।

साधारणसभाको बन्दसत्रले पुनः धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अप्सरा क्षेत्री, सचिवमा प्रदीप ढुङगाना, सहसचिवमा मिलन सापकोटा र कोषाध्यक्षमा पूर्णभद्र चौलागाई सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा श्रीदेवी दुलाल, अम्विका बतौैला, कोपिला सापकोटा, केशव सापकोटा, यादव सापकोटा र सन्देश सापकोटा चयन भएका छन् ।बचत तथा ऋण उपसमितिको संयोजकमा पूर्णभद्र चौलागाई, सदस्यहरुमा अप्सरा सापकोटा, हेमाकुमारी तिमल्सिना, सुमित्रा दुलाल, अमिता लामिछाने, अनिसा श्रेष्ठ र पदेन सदस्यमा संस्थाका अध्यक्ष रहेका छन् । भेलाले तीर्थ खड्का संयोजक रहने गरी ३ सदस्यीय लेखा समिति समेतचयन गरेको छ । समितिको सदस्यमा रिता अधिकारी र यसोदा भट्टराईरहेका छन् ।

साधारणसभामा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, वडासदस्य विजय पौडल, लेखराज ढकाल, संस्थाका पूर्वअध्यक्ष बासुदेव सापकोटा, तेजनाथ ढकाल, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश पार्षद् सुनिल शिवाकोटी, नेपाल चलचित्र पत्रकार संघ, मकवानपुर अध्यक्ष कपिल खड्का, बामगती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, टोल विकास संस्था नगरसमन्वय समितिका उपाध्यक्ष विष्णुुप्रसाद ढुङगाना, वडा समन्वय समिति, हेटौंडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाँल, नवजीवनज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, संस्थाका सचिव भरत सापकोटा, प्रहरीचौकी चौघडाका ईन्चार्ज विष्णुप्रसाद दाहाल लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*