रैथानै हाट मेला काठमाडौंमा कालिखोला कोदो पिठोको माग बढी

साझाकुरा
२०८० भाद्र १०, आईतवार ११:५७

हेटौंडा- काठमाडौंको दरबार मार्ग ओरियन्ट क्याफेमा प्रत्येक शनिबार लाग्ने स्थानीय कृषि उत्पादन ‘रैथानै हाटबजार’ मेलामा शनिबार मकवानपुरगढी गाउँपलिकाले पनि आफ्नो पालिका भित्र उत्पादन भएका बिभिन्न रैथानेबाली तथा सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री बित्तरण गरेको छ ।मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बाली कोदोको पिठो, बेसार, कोदोको दाना, लसुन, फापर, गेडागुडी तथा स्थानीय स्तरमा उत्पादन भएको बास, बेद र निगालोबाट बनेका हस्तकला सामाग्रीहरुको शनिबार दरबार मार्गमा प्रदर्शनी तथा बिक्री वितरण गरिएको हो ।‘रैथाने कृषि हाटबजार’ नाम दिइएको यो मेला प्रत्येक शनिबार बिहान ६ बजेदेखि दिउसो १२ बजेसम्म लाग्ने गर्छ ।

हाटबजार भएको कार्यक्रमा बोल्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले रैथाने बाली संरक्षण गर्नको लागि बागमती प्रदेशको राजधानी हेटौडामा पनि यस्तो बजारको आवश्यकता
रहेको र स्थानीय सरकारले अब कृषि क्षेत्रमा बितरण मुखी नभई न उत्पादनमा जोडिनु पर्ने बताए । उनले नेपालको पहिचान र स्वास्थ्यको हिसाबले पनि औषधीमय भएको यो रैथाने बालीहरू पछिल्लो समय मासिदै गएकोमा पनि चिन्ता व्यक्त गरे । यस्तो हाटबजार सिधै किसान र उत्पादन संगै जोडिएकाले देश भरिका सबै स्थानीय तहसम्म सञ्चालन गर्न पर्ने भएकाले अब तिनै तहको सरकाले यो कार्यमा अगाडी बढन पर्ने बताए ।

रैथानेबाली गाउँका गरिबले खाने खानाको पहिचान बनेको तर, स्वास्थ्यका हिसाबले सबैभन्दा राम्रो स्थानीय रैथाने कृषि उत्पादन रहेको समेत बताए ।‘रैथानै हाटबजार’ मेलामा मकवानपुरगढी गाउँपलिकाको सबैभन्दा बढी कलिकोला कोदोको पिठोको माग भएको थियो । गाउँभन्दा सहरमा कोदोको पिठोको महत्वपूर्ण मानिएको र गाउँमाभन्दा सहरमा कोदोको महत्व बढी देखिएको मकवानपुरगढी गाउँपलिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।पछिल्लो समय होटल,रेष्टुराँ र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गएपछि कोदो काठमाडौंमा कोदोको पिठोको माग बढेको चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*