इन्द्रसरोवरको ७९ प्रतिशत वित्तीय प्रगति

साझाकुरा
२०८० भाद्र ११, सोमबार १०:३२

हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ७९.२९ प्रतिशत वित्तीय प्रगति गरेको छ । चालुतर्फ ८४.८६ प्रतिशत र पुँजींगततर्फ ७३.७२ वित्तीय प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले जानकारी दिए ।पालिकाको पाँचवटै वडाको खर्च उपशीर्षकमा ८८.०५ प्रतिशत वित्तीय प्रगति भएको छ । यसअन्तर्गत वडा नम्बर १ मा ८२.२३ प्रतिशत, वडा नम्बर २ मा ९५.७८ प्रतिशत, वडा नम्बर ३ मा ८०.१७ प्रतिशत, वडा नम्बर ४ मा ९६.२२ प्रतिशत र वडा नम्बर ५ मा ८५.८७ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत कार्र्कीले जानकारी गराए । समीक्षा कार्यक्रमको अवसरमा चालु आर्थिक वर्ष २०८०÷८१ मा वित्तीय प्रगतिको लक्ष्य शतप्रतिशत पु¥याउने सबै वडाअध्यक्षले प्रतिवद्धता जनाएका छन् ।

गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको सभाध्यक्षमा भएको समीक्षामा गत आर्थिक वर्षमा गाउँपालिकाको विभिन्न शाखाबाट सम्पादन गरिएका कार्यका बारेमा सम्बन्धित शाखा प्रमुखले प्रगतिविवरण प्रस्तुतीकरण गरेका थिए । समीक्षामा गाउँपालिकाले अवलम्बन गरेका असल अभ्यासका बारेमा सहभागी जनप्रतिनिधिले सकारात्मक चासो व्यक्त गरेका थिए । पालिकाले असल अभ्यासहरुमा साना टुक्रे खरिदलाई निरुत्साहित गर्दै विद्युत्तीय खरिद प्रणालीलाई प्रश्रय दिइएको, भुक्तानीका लागि चेक राइटिङलाई विस्थापित गर्दै प्रिन्टेड चेकका साथै इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (इएफटी) लागू गरिएको, वडाबाट सिफारिस प्राप्त गरेपछि आवश्यक कागजात र प्रक्रिया पूरा भएपछि तुरुन्तै भुक्तानी दिने गरिएको, लेखाका श्रेस्तालाई थप व्यवस्थित गरिएको, खरिद कार्यमा सहभागितामूलक प्रक्रिया अवलम्बन गरिएको जस्ता कार्यहरु आर्थिक प्रशासन शाखा प्रमुख सन्तोष बन्जाराको प्रस्तुतीकरणमा समेटिएको थियो ।

त्यसैगरी योजनातर्फ गुणस्तरीयता कायम गर्न पूर्वाधार विकास समितिलाई समेत सक्रिय तुल्याई हरेक चरणमा अनुगमन गरिएको, स्लाब ढलानको थिकनेस मापन गर्न कोरकटिङ मेशिन खरिद गरी सबै योजनाका स्लाब कटिङ गरी थिकनेस मापन गरिएको, निर्माण सामग्रीको गुणस्तरमापन गर्न निर्माणका हरेक चरणमा आधिकारिक प्रयोगशालाबाट ल्याब टेस्ट गर्ने व्यवस्था मिलाइएकोलगायत राम्रा अभ्यास प्राविधिक शाखाप्रमुख बिमल मुक्तानले समीक्षाका क्रममा जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published.


*