स्मारकमा जातीय संग्रहालय सञ्चालन हुने

साझाकुरा
२०८३ बैशाख १२, शनिबार ०७:५७

हेटौंडा- सहिद स्मारक हेटौंडामा जनजाति संग्रहालय सञ्चालन हुने भएको छ । संग्रहालयको पूर्वाधार निर्माणकार्य अन्तिमचरणमा पुगेको र असारको अन्तिम सातासम्म सञ्चालनमा ल्याइने भएको छ ।संग्रहालयको सञ्चालनको लागि विभिन्न जनजाति संगठनका अगुवासँग छलफल तथा अन्तरक्रिया भएको स्मारक विकास समितिका सदस्य नवीन सिग्देलले जानकारी दिए । छलफलमा स्मारक विकास समितिका अध्यक्ष तथा प्रथम मूख्यमन्त्री डोरमणि पौडेलले आदिबासी जनजाति समूदायको भेषभूषा, रहनसहन, रीतिरिवाज, भाषा सँस्कृति पहिचान झल्काउने सामग्री संकलन गरी राखिने बताए । उनले संग्रहालय अवलोकनको साथै अध्ययन र अनुसन्धानको केन्द्र बन्ने र विभिन्न जातिजनजातिको असल संस्कार र मूल्यमान्यताको प्रचार र संरक्षण गर्न मदत गर्ने बताए ।

तत्काल चेपाङ, तामाङ, नेवार, थारु, माझी, मगर, गुरुङ, राई, लिम्बू, किराँत राई, सुनुवार, बनकरिया, पहरीलगायतको पहिचान दिने सामग्री राख्न कार्य अगाडि बढाइएको छ ।छलफल तथा अन्तरक्रियाबाट संग्रहालय सञ्चालनको लागि आवश्यक सामग्री संकलन समन्वय गर्न रामकृष्ण थापा संयोजक र सबै जनजातिका अगुवाहरु सदस्य रहेको समन्वय समिति समेत गठन गरिएको छ । छलफल र अन्तरक्रिया स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना, सचिव रघुनाथ खुलाल, समितिका सदस्यहरु नवीन सिग्देल, ईन्द्रप्रसाद नेपाल, कृष्णराम न्यौपाने, स्मारकका कार्यालयप्रमुख रामचन्द्र न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष ज·बहादुर गुरुङलगायत विभिन्न जातीय संगठनका अगुवाको उपस्थितिमा छलफल र अन्तरक्रिया सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*