मनहरीमा सामुदायिक विद्यालय शिक्षकलाई विषयगत कार्यशाला
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने विषयगत कार्यशालाको आयोजना गरिएको छ । वैशाख १० र ११ गते भएको कार्यशालामा मनहरी गाउँपालिका अन्तर्गतका ३२ वटा सामुदायिक विद्यालयका करिब ३ सयजना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । बदलिँदो समयसँगै शिक्षण सिकाइका विधि र प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गराउने, शिक्षकलाई समसामयिक विषयमा अद्यावधिकगराउने तथा अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका शिक्षा शाखाप्रमुख प्रदीप पराजुलीले जानकारी दिए ।
बालजीवनज्योति मावि मनहरी–१, महेन्द्रज्योति मावि मनहरी–३, पशुपतिनाथ मावि मनहरी–४, नवज्योति प्रावि मनहरी–३, महेन्द्रकिरण मावि मनहरी–८, राष्ट्रिय रोटरी मावि मनहरी–७ र राष्ट्रिय मावि सुनाचुरी, मनहरी–६ मा तालिम सञ्चालन गरिएको हो । तालिम अन्तर्गत् सामाजिक÷स्वास्थ्य, विज्ञान, गणित, अंग्रेजी, नेपाली तथा बालविकास र शिक्षा विषयमा छुट्टाछुट्टै सत्र सञ्चालन गरिएको थियो । विषयगत सामग्री निर्माण, मूल्यांकन प्रक्रिया, विशिष्टीकरण तालिका, शिक्षण सुधार योजना निर्माण, विषयगत समिति गठन तथा सिकाइ चौतारी सम्बन्धी विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।
कार्यशालामा विभिन्न तहमा भोगेन्द्र लुइटेल, डीबी अर्याल, सरस्वती अधिकारी, मनोज लामा, भुपेन्द्र चौलागाई, दीपक अधिकारी, माधव गौतम, रामकुमार ठाकुर, इन्द्र पाण्डे र ज्योति कार्कीले प्रशिक्षण दिएका थिए । कार्यशालाको समन्वय तथा व्यवस्थापन सम्बन्धित विद्यालयले गरेका थिए भने सहभागी शिक्षकको हाजिरी पनि सोही विद्यालयमा व्यवस्थापन गरिएको थियो ।
मनहरीमा नेपाल भाषा समिति गठन
मनहरी गाउँपालिकामा पालिकास्तरीय नेपाली भाषा समिति गठन गरिएको छ । नेपाली भाषाको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित शुक्रबार ११ सदस्यीय समिति गठन गरिएको हो ।गाउँपालिकास्तरीय नेपाली भाषा समितिको अध्यक्षमा सुन्तली थिङ चयन भएकी छिन् भने उपाध्यक्षमा इश्वर रिजाल चयन भए । सचिवमा मन्दिरा गौतम र कोषाध्यक्षमा सुधा ढकाल चयन भए । समितिको सदस्यमा चित्रकुमारी आचार्य, गोमा सुवेदी, शर्मिला पौडेल, आरती विक, गोपिनी दाहाल, मिना लामा रपदमराज जोशी रहेका छन् । नवगठित समितिले नेपाली भाषाको शुद्ध प्रयोग, स्थानीय तहमा भाषिक सचेतना अभिवृद्धि, विद्यालय तथा समुदायस्तरमा नेपाली भाषाको महत्वबारे जनचेतना फैलाउने तथा भाषा संरक्षणका विविध कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।
सामाजिक अध्ययन र स्वास्थ्य समिति गठन
मनहरी गाउँपालिकामा पालिकास्तरीय सामाजिक अध्ययन समिति गठन गरिएको छ । सामाजिक विषय शिक्षणमा एकरुपता कायम गर्ने उद्देश्यसहित शुक्रबार बालजीवनज्योति मावि मकरीमा ११ सदस्यीय समिति गठन गरिएको हो ।समितिका संयोजक शिबबहादुर रिमाल चयन भएका छन् । दिनेश उप्रेती, रमेशप्रसाद आचार्य, सुजीता बस्नेत, सुशील गौतम, सुशीला थिङ, पशुपति पाठक, ध्रुब सुनार, राजकुमार रिजाल, प्रल्हाद दर्जी र नारायणप्रसाद बर्तौला सदस्य रहेका छन् । त्यस्तै सरदकुमार अधिकारीको संयोजकत्वमा स्वास्थ्य विषय शिक्षण गर्ने शिक्षकहरुको समिति निर्माण गरिएको छ । समितिमा कुसुम थापा, अनिता पुडासैनी, तार अर्याल, शर्मिला सिग्देल, राधिका ठकुरी, सृजनापराजुली, मायादेबी गोपाली,बसन्ती मोक्तान, जनकलाल ब्लोन, लिलाराज न्यौपाने सदस्य रहेकाछन् ।







