ज्यामिरेमा निकालियो गाइजात्रा

साझाकुरा
२०८० भाद्र १५, शुक्रबार १०:०२

हेटौंडा- मनहरी गाउँपालिका–९ ज्यामिरेमा गोपाली नेवा एकता समाजले जनैपूर्णिमाको दिन गाइजात्रा निकालेको छ ।यस बर्ष दिवंगत हुनु भएकी चन्द्रमाया जोशीकोसम्झनामा गाइजात्रा निकालिएको हो । हरेक पटक गाइजात्रा मनहरी बजारसम्म प्रस्तुत गर्ने गरिएकामा यसबर्ष जंगलेश्वर महादेव मन्दिर परिसरमा पुगेर विधि पूरा गरिएको गोपाली नेवा एकता समाजका कमल गोपालीले बताए ।गाइजात्रामा स्थानीय नेवार समुदायले धिमेबाजा, व्यंग्यात्मक पोशाकयुक्त प्रस्तुति सहितको व्यवस्थापन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*