पूर्वअर्थमन्त्रीको चन्द्रागिरी–पालुङ–चितवन द्रुतमार्ग निर्माणमा सरकारलाई ध्यानाकर्षण

‘उठिबास नलगाई २५ मिटर भत्किनुपर्छ’
साझाकुरा
२०८० भाद्र १६, शनिबार १२:४२

हेटौंडा, १५ भदौ÷ मकवानपुरमा शुक्रबार दुई पूर्वाधार निर्माणका विषयले चर्चा पाएका छन् । दुई दशक बढीदेखिको हेटौंडा बजारको सडक विस्तारको प्रस· र पूर्वअर्थमन्त्रीको चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्गको परिकल्पनाले मकवानपुरमा चर्चा पाएको हो ।पूवअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उपत्यकाको चन्द्रागिरीबाट मकवानपुरको थाहा नगरपालिका हुँदै चितवन जोड्ने द्रुतमार्ग निर्माणका सम्बन्धमा सामाजिक सञ्जालबाट सरकारको ध्यानाकर्षण गराएका हुन् । शर्माले चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग लेखिएको सडक सञ्जालको तस्बिर राख्दै सरकारलाई निर्माणमा चासो दिन ध्यानाकर्षण गराएकाथिए ।

नारायणगढ–मुग्लिन–मलेखु–थानकोट सडक जोखिमयुक्त भएकोले काठमाडौंबाट १ घण्टामै चितवन पुग्ने गरी यो द्रुतमार्ग निर्माण आवश्यक रहेको उनको भनाई छ ।
पूर्वअर्थमन्त्री शर्माले आधुनिक प्रविधि प्रयोग गरेर नारायणगढ–काठमाडौंं द्रुतमार्ग निर्माण गरेर एक घण्टामा यात्रा गर्न सकिने अध्ययनले देखाएको बताउँदै यसलाई कालिगण्डकी किनार हुँदै पाल्पाको रामपुरसम्म र त्यँहावाट बुटवल र पोखरातर्फ पनि सुरुङमार्ग निर्माण गरेर लुम्बिनी–नारायणगढ–काठमाडौं २ घण्टामा, लुम्बिनी–पोखरा १ घण्टामा तथा पोखरा–नारायणगढ–काठमाडौंं दुई घण्टामै यात्रा गर्न सकिने धारणा राखेका छन् । रणनीतिक महत्वको परियोजनाअन्तर्गत् द्रुर्तमार्ग बनाउने सकेमा हालको सडकमा प्रयोग भइरहेको ईन्धन, सवारीसाधन र मर्मतलगायतको लागतमा व्यापक कमी गर्न सकिने, समयको बचत हुने, पर्यटनमा वृद्धि आउने उनको विश्वास छ ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहेका पूर्वअर्थमन्त्री शर्माले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भईरहँदा उत्पन्न समस्याको समाधानको बाटोको रुपमा द्रुर्तमागलाई दिए । मुलुकको संघीय राजधानी काठमाडौंसँग सम्पूर्ण देश जोड्ने पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक खण्डमा पटक–पटक समस्या आईरहेको बताउँदै यसले दैनिक यात्रा गर्ने देशभरका आम नागरिक र नेपाल घुम्न आउने विदेशी पर्यटकले कठिनाई भोग्नुपरेको उनले बताएका छन् । गत आर्थिक वर्ष २०७९÷८० को बजेटमा चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग परियोजना बनाउने घोषणा शर्माले गरेका थिए । उनले यो द्रुतमार्ग परियोजनाको सम्भाव्यता अध्ययन सकिएको जानकारी
पनि दिए ।

अध्ययन अनुसार मकवानपुरको अधिकांश भूभाग समेटिने द्रुतमार्गको कुल लम्बाई ९७ किलोमिटर हुनेछ । जसमा सुरुङको कुल लम्बाई २९ दशमलव ८० किलोमिटर तथा पुलको लम्बाई ९ दशमलव ५३० किलोमिटर हुने प्रक्षेपण गरिएको छ । ३ दशमलव ५० मिटर चौडाइ भएको चार लेनको यो सडकमा ५६ वटा कलभर्ट, २ दशमलव ५० मिटर चौडाइको पेभ सोल्डर रहने द्रुतमार्गको डिजाइन गति ८०–१२० किमि प्रतिघण्टा रहने शर्माले उल्लेख गरेका छन् । चन्द्रागिरीबाट पालुङ हुँदै चितवनसम्म यात्रा गर्न ५७ मिनेट लाग्ने उनले बताए ।

हालको नारायणगढ–मुग्लिन–थानकोट सडकलाई लक्षित गर्दै शर्माले भनेका छन्, ‘यात्रामा अतिरिक्त समय लागेको छ, यात्रु हैरानी खेप्न बाध्य छन् । बाढीपहिरोका कारण लाखौं यात्रु अनिश्चित कालसम्म भोकभोकै सडकमै अलपत्र हुनुपरेको छ । बालबच्चा र ज्येष्ठ नागरिकको यात्रा झनै कठिन छ । समग्रमा संघीय राजधानी जोड्ने सडकमा उत्पन्न समस्याले देशलाई नै लज्जित बनाएको छ । सडक दुर्घटनामा जीवन गुमाउने नागरिक र अंगभंग भई दुःखद जीवनयापन गर्न बाध्य नागरिकको संख्या झन डरलाग्दो रभावविह्वल छ । यात्रा सुरक्षित हुँदैन कि भन्ने यात्रु स्यवम् र परिवारजनले चिन्ता गर्नुपर्ने अवस्था छ ।’, मानवीय क्षति मात्र नभई यसले अर्थतन्त्रमा परेको प्रभाव अर्को महत्वपूर्ण बिषय भएको उनको भनाई छ ।

यो द्रुतमार्ग ‘टोल सिस्टम’बाट सञ्चालन हुने भएकाले सबै लाभान्वित हुने शर्माको भनाई छ । द्रुतमार्ग परियोजना छिटोभन्दा छिटो सम्पन्न गर्न सकिने विधि अवलम्बन गरेर निमाण गर्न सरकारसहित सरोकारवालापक्षको ध्यानाकर्षण गराएको उनले उल्लेख गरेका छन् । शर्माले भने जस्तो चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग परियोजना निर्माण भएमा मकवानपुरको उत्तरी क्षेत्रको मुहार फेरिने छ । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य भएकाले पनि यो दुर्तमार्ग निर्माण पश्चात थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिका दुवैलाई रणनीतिक महत्वको पूर्वाधार संरचना बन्ने निश्चित छ । तर, यो दुर्तमार्ग निर्माणमा अधिकांशले आशंका व्यक्त गरेका छन् । सरकारको काम गर्ने शैलीले दु्रतमार्ग निर्माण हुनेमा शंका गरिएको हो ।

‘उठिबास नलगाई २५ मिटर भत्किनुपर्छ’
देशको दोस्रो ठूलो पार्टी नेकपा एमालेको प्रतिनिधिसभाका सचेतकसमेत रहेका मकवानपुरका जनप्रतिनिधि महेशकुमार बर्तौलाले गृहजिल्ला आएर शुक्रबार हेटौंडा बजारको सडक विस्तारका सम्बन्धमा आफ्नो धारणा राखेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालासँग हेटौंडा घरधनीलाई पटक–पटक भेट गराएर छलफलको वातावरण बनाउन बर्तौलाले भूमिका निभाएका थिए । उनलाई प्रधानमन्त्री प्रचण्डले हेटौंडाको सडक विस्तारका सम्बन्धमा आवश्यक समन्वय गर्न जिम्मेवारीसमेत दिएको चर्चा छ । यसैबीच, हेटौंडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै बर्तौलाले२५ मिटर सडक विस्तार हुनुपर्ने र सडक विस्तारको नाममा कसैलाई उठिबास पनि लगाउन नपाइने बताएका हुन् ।

हेटौंडाको लागि सडक विस्तार आवश्यक रहेको बताउँदै उनले सडक विस्तारको नाममा सर्वसाधारणलाई सुकुम्बासी बनाउन नमिल्ने पनि बताए । उनले विगतमा मुआब्जा पाएकाहरुको हकमा राम्रोसँग अध्ययन गर्नुपर्ने, मुआब्जा नपाएकालाई मुआब्जा वा क्षतिपूर्ति दिनुपर्ने र लामो समयदेखि व्यवसाय गरेर बसेकाहरुलाई उचित व्यवस्थापन गरेर सडकलाई फराकिलो पार्नुपर्नेमा जोड दिएका हुन् । जनप्रतिनिधिहरु विकास विरोधी बन्न नहुने बताउँदै सबै राजनीतिक दलहरुले एकै धारणा बनाएर सडक विस्तारको कार्य अगाडि बढाउनु पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*